Logo

Breaking News 1

विद्युत् विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयो


२६ आश्विन २०८०, शुक्रबार  

69
Shares

काठमाडौं। विद्युत् विधेयक, २०८० लाई दफावार छलफलको लागि पूर्वाधार विकास समितिमा पठाइएको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले समितिमा पठाउने प्रस्ताव पेस गरेका थिए ।

उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । विधेयकमाथि समितिमा छलफल हुनेछ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ३ : ५१ बजे