Logo

Breaking News 1

इजरायलमा सम्पर्कविहिन विपीन जोशीको उद्धार गर्न सरकारले ढिलाइ गरिरहेकाे छ : पदम गिरी


२६ आश्विन २०८०, शुक्रबार  

92
Shares

काठमाडौं। नेकपा एमालेले इजरायलमा सम्पर्कविहिन रहेका विपीन जोशीको उद्धार गर्न माग गरेको छ । प्रतिनिधि सभाको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले ढिलाई गरेको आरोप लगाए ।

उनले भने, ‘विपीन जोशी सम्पर्कविहिन छन् । उहाँका त्यहाँको साथीहरुले भनेअनुसार उहाँलाई बन्धक बनाइएको हुनसक्छ भन्ने अन्तराष्ट्रिय समाचार माध्यममा पनि आइरहेका छन् । आज उहाँको अवस्थामा अज्ञात छ । उहाँको उद्धारको लागि कुनैपनि विलम्ब गर्नुहुने अवस्था छैन । तत्काल उद्धारका लागि सरकारले कुटनीतिक संवाद गरेर पहल गर्नुपर्ने आवश्यकता छ । सरकार गैर संवेदनशील बनेको छ । ढिलाइ गरिरहेको छ ।’

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ३ : ३५ बजे