Logo

Breaking News 1

कोशी कांग्रेसमा किचलो बढ्यो, शेखर समूहलाई कारबाही गर्न बैठक बोलाइयो


२६ आश्विन २०८०, शुक्रबार  

69
Shares

काठमाडौं । कोशी प्रदेशमा नेपाली कांग्रेस भित्र किचलो थप बढेको छ । कोशी सरकार निमार्णको सबालमा नेपाली कांग्रेसको एउटा समुहले बिद्रोह गरे पछि आन्तरिक किचलो थप बढेको हो । जसका कारण एक अर्कालाई कारबाही गर्नेसम्मका कुरा सुरु भएका छन् । 

कोशी सरकारको भावी नेतृत्वका लागि शेखर कोइराला पक्षधरले नेकपा एमालेको समर्थनमा केदार कार्कीले मुख्यमन्त्रीमा दावी गरे पछि कांग्रेसमा किचलो देखिएको हो । कार्की समुहले गरेको बिद्रोहका बारेमा निर्णय लिनका लागि कांग्रेस संसदीय दलको बैठक आज बोलाईएको छ । 

बिहान ११ बजे देखी सुरु हुने उक्त बैठकले कार्की समूहलाई कारबाही गर्ने कि नगर्ने भन्नेमा निर्णय लिने जनाईएको छ । तर, कार्की समुहले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सांसदलाई पार्टीको ह्वीप नलाग्ने भएकाले आफूहरूलाई कारबाही गर्न नसक्ने जनाउँदै आएका छन् । 

त्यसमाथि, ओली सरकार माथी परमादेश दिँदा नै ह्वीप नलाग्ने विषयमा ब्याख्या भएको तर्क गर्दै कांग्रेस संसदीय दलले कारबाही गर्न नसक्ने भएकाले आजै कार्कीले मुख्यमन्त्री नियुक्ती हुने विश्वास ब्यक्त गरेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ९ : १२ बजे