Logo

मुख्य समाचार

इजरायलबाट विद्यार्थी ल्याएकोमा ओलीले दिए सरकारलाई धन्यवाद 


२६ आश्विन २०८०, शुक्रबार  

46
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई धन्यबाद दिएका छन् । प्यालेस्टाइनी अतिवादी समूह हमास र इजरायल बिच जारी दन्द्दमा फसेका नेपालीलाई स्वदेश फर्काएपछि एमाले अध्यक्ष ओलीले धन्यवाद दिएका हुन् ।

‘इजरायलमा रहेका नेपाली विद्यार्थीहरू हिजो २५३ जना नेपाल फर्केका छन्, युद्धग्रस्त क्षेत्रमा त्रासमा रहनु ज्यादै पीडादायी हुन्छ,’ ओलीले भनेका छन्, ‘नेपाली विद्यार्थीलाई काठमाडौ फर्काउन पहल गरेकोमा सरकारलाई धन्यवाद ।’ परराष्ट्र मन्त्री एनपी साउँद आफै गएर गए राती २ सय ५३ जना बिद्यार्थीलाई स्वदेश ल्याएका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ८ : ४३ बजे