Logo

अर्थ

आजको विदेशी मुद्राको विनिमय दर, कतारी रियाल ३६ रूपैयाँ बढी


२६ आश्विन २०८०, शुक्रबार  

0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४१ रुपैयाँ १४ पैसा र बिक्री दर १४१ रुपैयाँ ७८ पैसा कायम भएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ४१ पैसा र बिक्री दर १६४ रुपैयाँ १४ पैसामा कारोबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.१२ रुपैयाँ र बिक्री दर ८५.५१ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८ रुपैयाँ ९५ पैसामा कारोबार हुदाँ दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९४ पैसा र बिक्री दर ९ रूपैयाँ ९९ पैसामा खरिद बिक्री गर्न सकिनेछ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५।४३ रुपैयाँ र बिक्री दर ३५.५९ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३३ रुपैयाँमा कारोबार गरिने छ । साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२९.९६ पैसा र विक्रीदर ४३१.९ पैसामा कारोबार हुनेछ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ७ : २७ बजे