Logo

Breaking News 1

नेपाल फर्किन विद्यार्थीहरू इजरायल विमानस्थलमा


२५ आश्विन २०८०, बिहिबार  

69
Shares

काठमाडौँ। स्वदेश फर्किन लागेका नेपाली विद्यार्थीहरू इजरायलस्थित विमानस्थल पुगेका छन् । नेपालबाट चार्डट विमान त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल एयरलाइन्सको विमानमार्फत ती विद्यार्थीहरूको उद्धार गर्न लागिएको हो ।

त्यसका लागि विद्यार्थीहरू इजरायलका विभिन्न ठाउँबाट तेल–अभीभ विमानस्थलमा पुगेका हुन् । आफूहरू बसोबास गर्दै आएको काडेश बार्नियाबाट विमानस्थल पुगेको विद्यार्थी सुरज भण्डारीले बताए । उनीहरूलाई बसमा राखेर साढे तीन घण्टा लामो यात्रापछि विमानस्थल पुर्‍याइएको हो ।

नेपालबाट इजरायलका लागि छुटेका जहाज स्थानीय समयअनुसार ११ः ३० बजे विमानस्थलमा पुग्नेछ । इजरायल पुगेपछि तत्कालै विद्यार्थीको उद्धार गरेर फर्किनेछ ।

सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थीहरू इन्टर्न गर्न गत भदौ अन्तिम सातामा इजरायल पुगेका थिए । गत शनिवार गाजास्थित हमास समूहको आक्रमणमा परी १० जनाको मृत्यु भएको थियो । ४ जना विद्यार्थी समेत घाइते भएका थिए ।

घाइतेमध्ये २ जनाको अझै उपचार भइरहेको छ भने २ जना डिस्चार्ज भइसकेका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  १२ : ११ बजे