Logo

Breaking News 1

आज पनि स्थगित भयो सन्दीप लामिछाने विरूद्धको मुद्दाको सुनुवाइ


२५ आश्विन २०८०, बिहिबार  

69
Shares

क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ।

काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको सन्दीपविरूद्धको मुद्दाको सुनुवाइ न्यायाधीश अभावका कारण स्थगित भएको हो।

अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार जिल्ला अदालतका ३० न्यायाधीशमध्ये २१ जनामात्रै उपस्थित छन्।

अनुपस्थित रहेका ९ जनामध्ये ६ जना सरूवा भएर आउनै बाँकी रहेको र ३ जना न्यायाधीश बिदामा रहेको सूचना अधिकारी दाहालले जानकारी दिए।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ११ : ४९ बजे