Logo

Breaking News 1

इजरायलबाट फर्किन चाहने नेपालीको हवाई टिकट सरकारले बेहोर्ने



काठमाडाैं । सरकारले इजरायलबाट ‘कर्मसियल फ्लाइट’मा नेपाल फर्कन चाहने नेपालीलाई टिकट खरिदमा सहजीकरण गर्ने भएको छ ।

परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया र अफ्रिका महाशाखाका प्रमुख तथा सहसचिव शरदराज आरनले उक्त जानकारी दिएका हुन् ।

इजरायलमा रहेका नेपालीको उद्धार गर्न सरकारले आज २५० सीट क्षमताको नेपाल एयरलाइन्सको जहाज दुबई हुँदै इजरायल पठाउँदै छ ।

हाल इजरायलमा रहेका २८८ नेपालीले स्वदेश फर्कन चाहेका छन् । उनीहरूमध्ये २५० जनालाई आज राति पठाइने जहाजले नेपाल ल्याउने छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ७ : १८ बजे