Logo

Breaking News 1

इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीलाई ल्याउन परराष्ट्रमन्त्री साउद इजरायल जाने



काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद आज इजरायल जाने भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीलाई ल्याउन मन्त्री साउदलाई पठाउने निर्णय गरेको हो ।

छुट्टै आउन चाहनेहरूको खर्च पनि सरकारले नै बेहोर्ने निर्णय भएको छ । त्यसअघि परराष्ट्र मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले जानकारी २८८ जना नेपाली इजरायलबाट फर्किन इच्छुक रहेको जानकारी दिएकी थिइन् ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ६ : ३० बजे