Logo

अर्थ

आजको विदेशी मुद्राको विनिमय दर, कुबेती दिनार ४२९ रूपैयाँ



काठमाडाैं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा रहेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ ८१ पैसा र बिक्री दर १४१ रुपैयाँ ४४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ०० पैसा र बिक्री दर १६३ रुपैयाँ ७३ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८५।१८ रुपैयाँ र बिक्री दर ८५।५७ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९ रुपैयाँ ९७ पैसामा कारोबार हुदाँ दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ८७ पैसा र बिक्री दर ९ रूपैयाँ ९१ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४३ रुपैयाँ र बिक्री दर ३५.५९ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२२ रुपैयाँमा कारोबार गरिनेछ । साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२९.८५ पैसा र विक्रीदर ४३१.७९ पैसामा कारोबार हुनेछ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ७ : ०३ बजे