Logo

Breaking News 1

आज बस्ने भनिएको राष्ट्रियसभा बैठक स्थगित


२३ आश्विन २०८०, मंगलबार  

69
Shares

काठमाडौं। राष्ट्रियसभाको बैठक स्थगित भएको छ । आज बिहान ११ः०० बजे बस्ने गरी निर्धारण भएको बैठक शुक्रवारसम्मको लागि स्थगित भएको संसद् सचिवालयका महासचिव डा‍. भरतराज गौतमले बताउनुभयाे ।

इजरायलमा हमास समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकार आज राष्ट्रिय शोक घोषणा गरेको छ ।

राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम राष्ट्रिय शोकमा बैठक बस्न नसक्ने भएकाले अध्यक्ष गणेश तिमल्सिनाले बैठक शुक्रवार बिहान ११ः०० बजे बस्नेगरी स्थगित गर्नुभएकाे हाे ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ११ : २४ बजे