Logo

मुख्य समाचार

हमास–इजरायल युद्धः इजरायली आक्रामणमा दुई पत्रकार मारिए


२३ आश्विन २०८०, मंगलबार  

46
Shares

तेलअहिब । रुसले गाजा र इजरायलमा भइरहेको हिंसाको निन्दा गर्दै अमेरिकाको प्रतिक्रिया ‘विपत्तिजनक’ भएको बताएको छ । अल जजिराका अनुसार गाजा एन्क्लेभको पश्चिमी भागमा रहेको आवासीय भवनमा इजरायली हवाई आक्रमणमा दुई पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ। टर्की अनादोलु एजेन्सीले दुई पत्रकार सइद अल तावील र मोहम्मद सोभको रूपमा पहिचान गरेको  हमास नियन्त्रित सरकारी मिडिया कार्यालयको एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

इजरायल–हमास द्वन्द्वमा मृत्यु हुनेको संख्या बढेको छ । पछिल्लो अपडेट अनुसार गाजामा ६८७ प्यालेस्टाइनीको मृत्यु भएको छ, जसमध्ये वेस्ट बैंकमा १७ प्यालेस्टाइनीको मृत्यु भएको छ। यस आक्रमणमा हालसम्म ९०० भन्दा बढी इजरायलीको मृत्यु भइसकेको छ । यस बाहेक चार जना हिजबुल्लाह लडाकु पनि मारिएका छन्

ट्रुडोले हमास समर्थक जुलुसको निन्दा गरे

उता, इजरायलका लागि ऐक्यबद्धता बैठकमा सहभागी भएका क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो देशमा हमासको समर्थनमा भएको प्रदर्शनको निन्दा गरेका छन् । 

ट्रुडोले ट्विटरपोस्टमा भनेका छन कि म इजरायलमा हमासको आक्रमणको समर्थनमा देशभर भइरहेको प्रदर्शनको कडा निन्दा गर्दछु। उनले हिंसाको प्रशंसा क्यानडामा कदापि स्वीकार्य नहुने बताए।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १० : १० बजे