Logo

Breaking News 1

सरकारले इजरालमा मृतकको र बेपत्ता नेपालीको डाटा राख्ने काम मात्र नगरोस् : असिम साह



काठमाडौं। रास्वपाका सांसद असिम साहले नेपाली विद्यार्थीको उद्धारको लागि सरकारलाई इजरायली राष्ट्राध्यक्षसँग सीधै संवाद गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली विद्यार्थीको ज्यान हमासले नभएर सत्तामा रहेका व्यक्तिहरूले लिएको उनको आरोप छ ।

कहिले अफगानिस्तानको भूमिमा, कहिले इजरायलको भूमिमा, कहिले तालिवानको बमबाट निर्दोष नेपालीको स्वास खोसेको उनको भनाइ थियो ।

उनले अझै केही नेपाली सम्पर्कविहीन भएको उल्लेख गर्दै भने, ‘यो देशको सरकार यहाँ इजरायली राजदूतसँग याचना गरिरहेको छ । नेपाल सरकारले सीधै इजरायली राष्ट्राध्यक्षसँग किन संवाद गर्दैन ? मृतकको लास र बेपत्ताको डाटा राख्ने काम मात्र नगरोस् ।’

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ४ : ३२ बजे