Logo

Breaking News 1

इजरायल युद्दः हामी सबै शोकमा छौँ, सबैमा धैर्य धारण गर्न आग्रह गर्दछु : केपी ओली



काठमाडौँ । नेकपा एमालेले इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले शनिवार गरेको आक्रमणको घटनाप्रति निन्दा र भर्त्सना गरेको छ । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले सोमबार विज्ञप्ति जारी गर्दै आक्रमणको निन्दा र भर्त्सना गरेका हुन् ।

साथै एमालेले घटनामा परी घाइते भएकाहरूको तत्काल उपचार, अप्ठ्यारोमा परेकाहरूलाई उद्धार तथा ज्यान गुमाउनेहरूको शव स्वदेश ल्याई परिवारलाई बुझाउने सुनिश्चितता गर्न नेपाल सरकारसँग माग गरेका छन् ।

आक्रमणमा नेपालीहरूको समेत ज्यान जानुका साथै ठुलो सङ्ख्यामा घाइते भएको समाचार आइरहेको तथा कयौँ अप्ठ्यारो परिस्थितिमा परेको सूचना आइरहेको भन्दै अध्यक्ष ओलीले ‘लर्न एन्ड अर्न’ योजनाअन्तर्गत इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका विभिन्न विश्व विद्यालयका विद्यार्थीमध्ये १० जनाको निधन भएकोमा अत्यन्त दुःखी भएको बताएका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  २ : १८ बजे