Logo

Breaking News 1

सरकारले बजेटमा कामै गर्न सकेन : स्वर्णिम वाग्ले



काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थविद् डा.स्वर्णिम वाग्लेले बजेटमा तोकिएको समयसीमा भित्र कामै गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले चालू आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको समयसीमा भित्र रहेर सरकार आफैंले काम नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

तर सांसद वाग्लेले नेपाल राष्ट्र बैंकले भने मुलुकको अर्थतन्त्रमा राहत दिने खालका नीतिहरु ल्याएको भन्दै स्वागत गरे । उनले मुलुकको आर्थिक दुरावस्थाका लागि नेपाल राष्ट्र बंैकलाई मात्रै जिम्मेवार ठहर्याउने परिपाटीबाट छुटकारा पाउनैपर्ने बताए ।

सांसद वाग्लेले सरकारका गतिविधिले मुलुकको आर्थिक क्षेत्रमा नैराश्यता उत्पन्न गराएपनि राष्ट्र बैंकले लिएका खुकुला नीतिले अर्थतन्त्रमा केही राहत मिलेको बताए ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ३ : १५ बजे