काठमाडौँ । इजरायलमा भएको आक्रमणमा नेपाली नागरिक पनि घाइते भएको समाचार आएसँगै परराष्ट्र मन्त्रालयमा आपतकालीन बैठक जारी छ । पछिल्लो पाँच घण्टादेखि परराष्ट्रमन्त्री एनपी साउदसहित अधिकारीहरू छलफलमा रहेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकपछि मन्त्रालयले घटनाबारे आधिकारिक प्रेस नोट जारी गर्ने तयारी गरेको छ । उता, तेल अभिभस्थित नेपाली दूतावासले आजको आक्रमणमा नेपालीहरूको पीडित बनेको र यसबारे यकिन तथ्याङ्क सकलन गर्ने तथा उद्धार गर्ने काम भइरहेको बताएको छ ।
इजरायलमा धेरै नेपालीहरु काम तथा अध्ययनको शिलिशलामा पुगेका छन् ।
प्रतिक्रिया