Logo

Breaking News 1

गणतन्त्रमाथि प्रहार भयो : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रमाथि आक्रमण भइरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘जनयुद्ध’ गर्नु गल्ती र हिंसा थियो भनेर एकथरीले भड्काउने प्रयास गरेको उनले उल्लेख गरे । उनले परिवर्तनको पक्षमा अन्तिम समयसम्म लडिरहनुपर्ने बताए ।

अराजकतालाई प्रश्रय दिने अभिव्यक्ति नदिन उनले आग्रह गरे । उनले राम्रा काम हुँदाहुँदै पनि समाजमा नराम्रा मात्र देख्ने परिपाटी रहेको टिप्पणी गरे ।

प्रधानमन्त्री प्रचण्डले नेतृत्व भनेको जनता र इतिहासले आन्दोलन र संघर्षका बीचबाट जन्माउने बताए ।

दक्षिणपन्थीले देशमा टाउको उठाउने खतरा रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ४ : ५५ बजे