Logo

मुख्य समाचार

शिक्षक आन्दोलनको सहमतिप्रति सिके राउत असन्तुष्ट



काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रप्रकाश ९सिके० राउत०ले हालै भएको शिक्षक महासंघसँग सम्झौता प्रति असन्तुष्टी प्रकट गरेका छन् ।

नेपाल सरकारले आन्दोलनरत शिक्षकहरुसँग सम्झौता गर्दा शिक्षा र बिद्यार्थीका बारेमा कतै पनि उल्लेख नगरेको भन्दै असन्तुष्टी प्रकट गरेका हुन् ।

बिद्यालय शिक्षा बिद्येयक २०८० का बारेमा प्रतिनिधिसभा बैठकमा छलफल चलिरहेको बखतमा उनको यो धारणा बाहिर आएको हो ।

‘शिक्षकहरुले आन्दोलन गरे, हाम्रो पनि समर्थन रहयो, नेपाल शिक्षक महासंघ र नेपाल सरकारले सम्झौता गरयो, ६ खण्डमा त्यहाँ ३२ बुदाँहरु छन,’ उनले भनेका छन, ‘त्यसमा एउटा मात्रै बुदाँ पनि बिद्यार्थीको हितको देखाउनुहोस, एउटा मात्रै बुदाँ पनि सुलभ र गुणस्तरीय शिक्षाका लागि देखाउनुहोस, एक शब्द छैन ।’

उनले सामाजिक सञ्जालबाट आफनो दृष्टीकोण राख्दै अगाडी प्रश्न गरेका छन, ‘शिक्षाको सरोकार शिक्षक र सरकारलाई हुने कि नहुने ?’

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  १२ : २३ बजे