Logo

मुख्य समाचार

अहिलेको सरकारको विकल्प नभएको माधवकुमार नेपालको दाबी


१९ आश्विन २०८०, शुक्रबार  

23
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको सरकारको कुनै विकल्प नभएको बताएका छन् ।

समाजवादी जागरण अभियानअन्तर्गत शुक्रबार चितवनमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले अहिले आफूहरु पनि सरकारमा भएकाले यही सरकारलाई सफल बनाएर अघि बढ्नुपर्ने बताए ।

उनले सरकारले गरेको राम्रो कामलाई समर्थन गर्दै गलत काम गरेको बेलामा आलोचना गर्ने समेत बताए ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ८ : १६ बजे