Logo

मुख्य समाचार

कुटपिटबाट श्रीमती मृत्यु, पक्राउ परे फरार श्रीमान्


१९ आश्विन २०८०, शुक्रबार  

0
Shares

मोरङ । श्रीमती हत्या गरेर फरार रहेका व्यक्ति पक्राउ परेका छन्। असोज १३ गते शनिबार राति साढे ९ बजेतिर विराटनगर महानगर–१९ धनपुराका ३९ वर्षीय उपेन चौधरीले श्रीमती कुटपिट गरेको र गम्भीर घाइते भएकी श्रीमतीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कुटपिटबाट गम्भीर घाइते चौधरीकी ३० वर्षीया श्रीमती जितनी सहनीको मृत्यु भएको हो । श्रीमती जितनीलाई धारिलो हतियारले टाउकोमा प्रहार गरेर गम्भीर घाइते बनाएको मोरङ प्रहरीले जनाएको छ ।

घटना भएसँगै फरार रहेका उपेनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरीको भनाइ छ। परेका चौधरीलाई जिल्ला अदालत मोरङबाट कर्तब्य ज्यान मुद्दा कसुरमा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ७ : ५० बजे