Logo

Breaking News 1

बझाङका भूकम्प पीडितलाई घर बनाउन सरकारले ५० हजार राहत दिने


१९ आश्विन २०८०, शुक्रबार  

46
Shares

काठमाडाैं । सरकारले भूकम्पबाट घर पूर्णरुपमा क्षति भएका भूकम्प पीडितलाई तत्काल राहतस्वरुप ५० हजार रुपैयाँ राहत दिने भएको छ ।

भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि उक्त रकम घोषणा गरेका हुन् ।

यस्तै भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च दिने भएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ५ : २० बजे