Logo

Breaking News 1

बझाङ भूकम्प क्षतिको व्यवस्थापन गर्न प्रधानमन्त्रीको निर्देशन


१८ आश्विन २०८०, बिहिबार  

46
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पका कारण बझाङ र आसपासमा भएको क्षतिको व्यवस्थापनका लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।

तत्काल पुग्नुपर्ने स्रोत र हुनुपर्ने व्यवस्थापनमा तीन तहकै सरकारले आवश्यक भूमिका निभाउन उनले निर्देशन दिए । प्रधानमन्त्री प्रचण्डले सम्भावित विपद्जन्य घटनाका निम्ति पूर्वतयारीको आवश्यकता औँल्याए ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार भूकम्पको केन्द्रविन्दु रहेको क्षेत्र बझाङ गएर प्रत्यक्ष अवलोकन गर्ने र थप कार्यक्रम अघि बढाइने बताइएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  १० : ३५ बजे