Logo

Breaking News 1

जापानमा गयाे भुकम्प, माैसम विभागले दियाे सुनामीकाे चेतावनी


१८ आश्विन २०८०, बिहिबार  

69
Shares

टोकियो । जापानमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । यस भूकम्पको तीव्रता ६ दशमलव ६ रहेको बताइएको छ । जापानी समय अनुसार अक्टोबर ५ मा बिहान १ बजे भूकम्प गएको थियो । यसपछि जापानी मौसम विज्ञान एजेन्सीले पनि सुनामीको चेतावनी दिएको छ ।

मौसम एजेन्सीले जापानको इजु टापुमा १ मिटर अग्लो छालको पूर्वानुमान गरेको छ भने पूर्वमा चिबा प्रिफेक्चरदेखि पश्चिममा कागोशिमा प्रिफेक्चरसम्म फैलिएको क्षेत्रमा ०.२ मिटरसम्म छाल आउने अनुमान गरिएको छ । सावधानीका रूपमा तटीय क्षेत्रका मानिसहरूलाई उच्च स्थानमा जान सल्लाह दिइएको छ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ९ : ५० बजे