Logo

मुख्य समाचार

‘गीता श्रवण गरे मात्र पनि जीवनमा मुक्ति प्राप्त हुन्छ’


१८ आश्विन २०८०, बिहिबार  

23
Shares

भक्तपुर । जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा.सिके रावतले श्रीमद्भागवतका कथा श्रवण गरे मात्र पनि जीवनमा मुक्ति प्राप्त हुने सुनाएका छन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीमा सञ्चालन भइरहेको श्रीमद्भागवत विराट पितृ मुक्ति महायज्ञमा सहभागी भएका नेता राउतले सो कुरा बताएका हुन् । विशिष्ट अतिथिको रुपमा सहभागी भएका नेता राउतले भने श्रीमद्भागवतको कथा श्रवण गर्दा मात्र पनि मुक्ति प्राप्त हुने र पुण्य प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

यस्तो पुण्य प्राप्ति गर्ने सु-अवसर विजयमूर्ति महाराजश्रीले भक्तपुरबासीको आँगनमा ल्याई पुरयाइदिएकोमा धन्यबादसमेत ब्यक्त गरेका छन् । जसकाकारण यसको भरपूर्ण प्रयोग गर्न उनले सुझाएका छन् ।

त्यस्तै सम्बोधनको क्रममा नेता रावतले महाराजश्रीले गर्ने यो पुण्यको कार्यमा आफू सधै सहभागी हुने प्रणसमेत गरेका । साउन ११ गतेदेखि सुरु भएको महायज्ञ साउन २७ गतेसम्म सञ्चालन हुँंदैछ । महायज्ञको क्रममा विभिन्न राजनीतिक दलका नेताहरु, धर्मगुरुहरु आउने कार्यक्रम रहेको जनाइएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ९ : ४० बजे