Logo

अर्थ

एमसीसी नेपालको विकासका लागि महत्वपूर्ण : अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले एमसीसी परियोजना नेपालको विकासका लागि महत्वपूर्ण परियोजना रहेको बताएका छन् ।

एमसीसी नेपालको शुभारम्भ उत्सवमा बोल्दै मन्त्री डाक्टर महतले भने,‘यो आयोजनामार्फत् विद्युत आयात निर्यातका लागि ट्रान्समिसन लाइन निर्माण र प्रविधियुक्त सडक निर्माण हुनेछ । विशेषतः विद्युत व्यापारका लागि ट्रान्समिसन लाइन हाम्रा लागि महत्वपूर्ण छ । यो विभिन्न मन्त्रालयसँग जोडिएको छ । मन्त्रीहरु बोर्ड सदस्य हुनुहुन्छ, उहाँहरुले पनि यसलाई गम्भीरताका साथ लिनु हुन्छ भन्ने मैले विश्वास लिएको छु ।’

एमसीसी अमेरिकी सरकारले सञ्चालन गरेको अनुदानको आयोजना मात्र नभएर लगानीको हिसाबले पनि नेपाल सरकारको पनि ठूलो योगदान रहने मन्त्री महतले स्पष्ट पारे ।

अहिले ठेक्का लगाउने प्रक्रिया अगाडि बढेको बेला केही समस्या आएको बताउँदै उनले एमसीए नेपालले छिटै समाधान गर्ने विश्वास समेत व्यक्त गरे ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  १० : ०६ बजे