Logo

खेलकुद

अध्यक्षलाई बर्खास्त गर्ने निर्णय गर्न एन्फाले बोलायो विषेश साधारणसभा



काठमाडौं । अखिल नेपाल फुटबल संघको आकस्मिक कार्यसमितिको बैठकले विशेष साधारणसभा बोलाउने निर्णय गरेको छ । बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा अध्यक्ष पंकज विक्रम नेम्वाङको अध्यक्षतामा बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा संघको ४० प्रतिशत सदस्य संस्थाहरुले भदौ २५ गते संघमा दर्ता गराएको संघको अध्यक्ष र महासचिवको बर्खास्तको प्रस्ताव उपर छलफल भएको थियो ।

निर्णयअनुसार आगामी कार्तिक २३ गते मकवानपुरको हेटौँडामा विशेष साधारणसभा आयोजना हुनेछ । जुन साधारणसभाले अध्यक्ष पंकजविक्रम नेम्वाङको बर्खास्तीबारे निर्णय गर्नेछ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ९ : ३० बजे