Logo

मुख्य समाचार

दुई दिनदेखि स्थगित बाग्मती प्रदेशसभा बैठक बस्दै



हेटौंडा । बिबादका बिचमा दुइ दिन देखी स्थगित भएको बागमती प्रदेश सभा बैठक आज बस्दैछ । प्रदेश संसद भवन, हेटाैडामा उक्त बैठक बस्नेछ । बैठक दिउँसाे ४ बजे बाेलाइएकाे छ । 

प्रतिपक्षी नेकपा एमालेले बिरोध जनाए पछि साेमवार देखी बैठक सुचारू हुन सकेकाे छ । साेमबारकाे बैठकमा एमालेले अबराेध गरे पछि सभामुख भुवन पाठकले १५ मिनेटका लागि स्थगित गरेका थिए । पछि बस्ने भनिए पनि पुनः बस्न नसके पछि मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको थियाे । तर, मंगलबार पनि बैठक भने बस्दै नबसी स्थगित गरिए पछि बुधवार ४ बजेका लागिसम्म स्थगित गरिएकाे थियाे ।

प्रदेश सरकारले ल्याएको प्रदेश स्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्ने क्रममा प्रमुख प्रतिपक्ष दल एमालेले साेमबारकाे बैठकमा अबरोध गरेको थियाे । त्यसपछि बागमती प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर मंगलबार २ बजेसम्मका लागि संसद स्थगित गरिएको जनाएको थियाे तर सहमति हुन नसक्दा मगलबार पनि बैठक सुचारू नै नभइ स्थगित गरिएकाे हाे । 

सो बिधेयक गत वैशाख १२ गते संसदबाट पारित भइ प्रदेश प्रमुख कार्यालयमा गएको थियो तर प्रदेश प्रमुख यादवचन्द्र शर्माले भने अाफु  समक्ष प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक फिर्ता गरिदिएका थिए । गत जेठ ७ गते पुनः संसदमा फिर्ता भएको उक्त बिधेयकमा भएका त्रुटिहरू सच्याउन सुझाव सहित पुनः छलफलका लागि प्रदेश प्रमुख शर्माले संसदमा फिर्ता पठाएका हुन् ।

तर, सोही फिर्ता भएको चिठ्ठा विधेयक सरकारले एकाएक सोमबारको बैठकमा पेश गर्न खोजे पछि हिजोको बैठकमा घम्साघम्सी भएको हो । एमालेले प्रदेश प्रमुखको सुझाव समेटेर मात्रै विधेयक संसदमा पेश गर्न भने पनि प्रदेश सरकारले जस्ताको तस्तै पुनः ल्याए पछि संसदमा घम्साघम्सी भएको हो । अब प्रदेशसभा बैठक बुधबार ४ बजे बस्ने गरी बाेलाइएकाे छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ६ : ४३ बजे