काठमाडौं । एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले एमसीसी कम्प्याक्ट अनुमोदन गर्दा नेपालको संसदले गरेको ब्याख्यात्मक घोषणा आफूहरुले स्वीकार गरेको बताएकी छन् ।
नेपाल भ्रमणमा रहेकी उनले पत्रकारहरुसँग कुराकानी गर्दै एमसीसीले व्याख्यात्मक घोषणा स्वीकार गरेको बताएकी हुन् । नेपालमा एमसीसी कार्यान्वयन गर्न वा नगर्ने भन्ने विषयमा राजनीतिक दलहरुका बिचमा विवाद उत्कर्षमा पुगेपछि सत्तारुढ दलहरुबीच १२ बुँदे ब्याख्यात्मक घोषणा गरेर सम्झौता अनुमोदन गर्ने सहमति भएको थियो ।
प्रतिक्रिया