Logo

Breaking News 1

बझाङमा भूकम्प परि ६ जना घाइते, थप विवरण आउन बाँकी


१६ आश्विन २०८०, मंगलबार  

69
Shares

बझाङ । भूकम्पमा परी बझाङमा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सत्यबादि मावि भोपुरका चार जना विद्यार्थी, केदार स्युँ गाउँपालिकामा एक जना, खप्तडछान्ना गाउँपालिकामा एक जना गरेर ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी इन्सपेटर दिपेश चौधरीका अनुसार घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । भूकम्प गएपछि थलारा मावि खोलीमा अध्ययनरत विद्यार्थीहरू भागदौड गर्ने क्रममा बेहोस भएको स्थनीयले जानकारी दिएको छ ।

एउटा बाख्रो मरेको प्रहरीले जनाएको छ । भूकम्पका कारण पहिरो गएपछि जयपृथ्वी राजमार्ग ठाउँ/ठाउँमा अवरुद्ध भएको दिएको छ। अहिले साना तथा ठूला सवारिका साधन बन्द भएका छन्। जिल्ला भरिएको विवरण आउन अझै बाँकि छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ५ : ५३ बजे