Logo

Breaking News 1

सरकार अस्थिरतालाई गतिशीलता ठान्छ : ओली 


१६ आश्विन २०८०, मंगलबार  

69
Shares

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार अस्थिरता फैलाउन केन्द्रित भएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोलेका उनले सरकार राष्ट्रहितविरुद्ध लागिरहेको टिप्पणी गरे ।

“राष्ट्रहितविरुद्ध यो सरकार लागिरहेको छ, म उदाहरणसहित भन्दै छु । अहिलेसममका उपलब्धिहरूलाई सिध्याउन, कूटनीतिक सम्बन्ध खतम पार्न यो सरकार लागिरहेको छ । मन्त्री हुनु मात्रै उपलब्धि होइन,” ओलीले भने, “जनताका लागि काम गरौँ । जनताको हितका लागि उभिऊँ र लोकतन्त्रका पक्षमा अधिनायकवादका विरुद्ध उभिऊँ भनेर जनताले हामीलाई पठाएका हुन् । अनि, हाम्रो गन्तव्य मन्त्री मात्रै हुनसक्छ ?”

सत्ता गठबन्धनमा आबद्ध दलका नेताले देश र जनता बिर्सिएको उनको आरोप छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  २ : ३८ बजे