Logo

मुख्य समाचार

धनगढी उपमहानगरपालिकाको किसानलाई एसएमएस : तीन दिन धान नकाट्नु


१६ आश्विन २०८०, मंगलबार  

46
Shares

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले तीन दिनसम्म धान नकाट्न किसानलाई आग्रह गरेको छ । असोज १७ गतेसम्म पानी पर्ने सम्भावना रहेकाले धान नकाट्न भन्दै उपमहानगरपालिकाले मोबाइलमा एसएमएस पठाएर किसानलाई सतर्क पारेको हो ।

साथै, नगर क्षेत्रमा माइकिङसमेत गरेर धान नकाट्न आग्रह गरेको छ । धान पाकिसकेकाले यहाँका किसानले काट्न सुरु गरिसकेका छन् ।

काटिसकेका धान जतिसक्दो चाँडो भित्र्याउन धनगढी उपमहानगरपालिकाको आग्रह छ । किसानले धान काट्न सुरु गरेका बेला धनगढी उपमहानगरपालिकासहित कैलालीको विभिन्न क्षेत्रमा आज वर्षा भएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ९ : ४५ बजे