Logo

मुख्य समाचार

एक महिनापछि सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै


१६ आश्विन २०८०, मंगलबार  

23
Shares

धनगढी । आज सुदूरपश्चिम प्रदेश सभा बैठक बस्दैछ । एक महिना देखी अनिश्चित हुदैँ आएको बैठक मंगलबारका लागि आह्वान गरिएको छ। सो बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।

सोमबार प्रदेश सभा सचिवालयमा सूचना टाँस तथा प्रदेश सभा सदस्यको मोबाइलमा सन्देश पठाएर बैठकमा सहभागी हुन अनुरोध गरिएको हो ।

प्रदेश सभा सचिव देबबहादुर बोगटीले जारी गरेको सूचनामा भनिएको छ, ‘असोज १६ गते मंगलबार दिनको १ः ०० बजे प्रदेश सभाको वैठक बस्ने भएकाले सम्पूर्ण प्रदेश सभा सदस्यज्यहरुको उपस्थितिका लागि अनुरोध छ ।’ 

आज बस्ने बैठकमा संविधान सभाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन प्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ७ : ०८ बजे