Logo

समाचार

चोरीको मोटरसाइकलसहित दुईजना पक्राउ



झापा । मोटरसाइक चोरी गरी डोर्‍याउँदै लैजाँदै गरेको मे.११ प ४३०७ नम्बरको मोटरसाइकलसहित दुईजनालाई भद्रपुर नगरपालिका–४ तारानगरबाट प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–२ बस्ने ३५ वर्षीय जफिर आलम र भारत बिहार किसनगंज शकिनतोतुलगुडी रुईधासा बस्ने २९ वर्षीय मो.जुबेर रहेका छन् ।

प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरीले फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । मोटरसाइकल बिर्तामोड नगरपालिका–४ मेघावारी डेरा गरी बस्ने ईलाम देउमाईनगरपालिका३ घर भएका २० वर्षीय निश्चल राईको डेराबाट चोरी गरी ल्याएको पाइएको हो।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ६ : २४ बजे