Logo

Breaking News 1

डाक्टर कुटपिटको विरोधमा आज पनि काठमाडौँ मेडिकल कलेजमा विरोध प्रदर्शन



काठमाडौँ। डाक्टर कुटपिटको विरोधमा सोमबार पनि राजधानीको काठमाडौँ मेडिकल कलेजमा कार्यरत डाक्टरहरुले विरोध प्रदर्शन गरेका छन् ।

डाक्टरहरुले मेडिकल कलेज अगाडि सडकमा बसेर प्रदर्शन गरेका हुन्। कुटपिटमा संलग्नमध्ये २ जना पक्राउ परेपनि एक जना अझै फरार रहेको उनीहरुको भनाइ छ । उनीहरुले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।

आइतबार आपसी विवादका क्रममा विरामीका आफन्तले चिकित्सकमाथि हातपात गरेको बताइएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ११ : ३८ बजे