Logo

अर्थ

आजकाे विदेशी मुद्राको विनिमयदर, कतारी रियाल ४३० रूपैयाँ



काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.५७ रुपैयाँ र बिक्री दर १३३.१७ रुपैयाँ कायम हुदाँ युरोपियन युरो एकको खरिद दर १४०.१५ रुपैयाँमा र बिक्री दर १४०।७९ रुपैयाँमा कारोबार गर्न सकिने छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१।७३ रुपैयाँ रहेको छ भने बिक्री दर १६२।४६ रुपैयाँ कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.३१ रुपैयाँ र बिक्री दर ८५।६९ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८ पैसा कायम भएको छ ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८ रुपैयाँ ९२ पैसाले भाउ पाउँदा दक्षिण कोरीया वन १०० को खरिदमा ९ रूपैयाँ ८० पैसा र बिक्री दर ९ रूपैयाँ ८५ पैसामा कारोबार गर्न सकिनेछ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा रहेको जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३५ रुपैयाँ र बिक्री दर ३५.५१ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.२३ रुपैयाँ र बिक्री दर २८।३६ रुपैयाँमा कारोबार हुनेछ । साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९।३ पैसा विक्रीदर ४३०.९७ पैसा कायम भएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ८ : ३५ बजे