जनकपुरधाम । सिरहामा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना यात्रु घाइते भएका छन् ।
आइतबार दिउँसो सप्तरीको राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको यात्रुबाहक बस स्प्रिङ पट्टा भाँचिएर मिर्चैयाको मारुती सिमेन्ट फ्याक्ट्री नजिक अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएकाे छ ।
यस्तै बसमा सवार २५ जना यात्रुहरू घाइते भएका छन् । घाइते भएका उनीहरूको गोलबजार स्थित हस्पिटलहरुमा उपचार भइरहेको डिएसपी बस्नेतले बताए ।
प्रतिक्रिया