काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् । सिंहदरवारमा साढे १२ बजे बस्नेगरी आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
उनका अनुसार बैठकमा पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धिबारे छलफल गर्नुका साथै सुन तस्करी छानविनका लागि बन्ने आयोगबारे निर्णय हुनेछ ।
प्रधानमन्त्रीले पेट्रोलियम पदार्थको मुल्यबृद्धिप्रति असन्तुष्टि जनाउदै आजै बिहान निगमका पदाधिकारीसँग सोधपुछ गरेका थिए ।
प्रतिक्रिया