Logo

Breaking News 1

सुन तस्करी प्रकरण : एमालेको माग बमोजिम छानबिन आयोग गठन गर्ने सहमति



काठमाडौँ। नेकपा एमालेको माग बमोजिम सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति भएको छ । उच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गर्नेबारे आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति भएको हो ।

प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले सचेतक महेश बर्तौलालगायतको सहभागितामा बसेको बैठकले आयोग गठन गर्ने सहमति गरेको हो । एमाले सचेतक बर्तौलाले आयोगको कार्यादेश तीन महिनाको हुने जानकारी दिए ।

आयोगले विदेशबाट इलेक्ट्रिक सिगरेटमा सुन राखी अबैध पैठारी (तस्करी) गरिएको, साउन २ गते ब्रेकसुमा राखी तस्करी गरिएको सुन लगायत पटक पटक सुन तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई स्वतन्त्र र निस्पक्ष छानबिन गर्ने बर्तौलाले जानकारी दिए ।

यस्तो तस्करीजन्य कार्यको पूर्णरुपमा नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधार र पटक पटकको सुन तस्करी सम्बन्धमा नेपाल सरकारका विभिन्न निकायबाट भएका छानबिन अनुसन्धानसमेतको अध्ययन गरी तस्करीको प्रकृति, सुनको परिमाण, अपराधको दायरा र सो कार्यमा संलग्न व्यक्तिका सम्बन्धमा थप अनुसन्धान गर्नुपर्ने देखिएमा थप छानविन अनुसन्धान गरी कानून बमोजिम कारबाहीका आयोगले लागि सिफारिस गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  १२ : १२ बजे