Logo

Breaking News 1

राप्रपा नेपालले आज बिरगंजमा सभा गर्दै



बिरगंज। राप्रपा नेपालले आज पर्साको बिरगंजमा सभा गर्ने भएको छ । 

घन्टाघर नजिकको खुल्ला स्थानमा आयोजना गरिने सभाको सम्पुर्ण तयारी सकिएको पार्टीका वरिष्ठ उपाध्यक्ष राजिब पराजुलीले जानकारी दिए । 

पुर्ब मन्त्री समेत रहेका पराजुलीका अनुसार यो सभा काठमाडौंको बिरोध प्रदर्शनको निरन्तरता हो । ‘हामी भ्रष्ट ब्यबस्थाको अन्त्यको लागि देशका बिभिन्न भागहरुमा यसैगरी बिरोध प्रदर्शन र सभाहरु गर्दै आन्दोलनको बाताबरण तयार गर्नेछौ, अब राप्रपा नेपाल सडक केन्द्रित गतिविधिमा क्रियाशिल हुन्छ ।’ 

राप्रपा नेपाल पर्साका अध्यक्ष नरेश सिंहले सभामा उल्लेख्य जनसहभागिता गराउन व्यापक जनपरिचालन गरिएको बताए । सभालाई पार्टी अध्यक्ष  कमल थापा, नेताहरु राजिब पराजुली ,तारानाथ लुईटेल, वरिष्ठ अधिबक्ता बिष्णु भट्टराई, राजाराम बर्तौला लगायत नेताहरुले सम्बोधन गर्ने पार्टीले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ७ : ४१ बजे