काठमाडौं । नेकपा एकीकृत समाजवादीले ‘समाजवादी जागरण यात्रा–२०८०’ मेची–महाकाली अभियानको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।
यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको अभियानको तयारीबारे जानकारी दिन झापामा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले झापाको काँकडभिट्टास्थित मेची नदीबाट सुरु गर्ने उक्त अभियानको सबै तयारी पुरा भएको जानकारी दिए ।
अभियानअन्तर्गत मेचीबाट महाकालीसम्मका सबै प्रदेशका प्रमुख सहरमा करिब ४० सभा तथा सम्मेलन हुने जानकारी समेत उनले दिए । अभियानको आइतबार पार्टीका अध्यक्ष माधवकुमार नेपालले शुभारम्भ गर्नेछन् ।
यसअघि नेकपा एकीकृत समाजवादीले अध्यक्ष नेपालको नेतृत्वमा दुई हजार एक सदस्यीय समाजवादी जागरण यात्रा मूल व्यवस्थापन समिति गठन गरेको थियो ।
प्रतिक्रिया