Logo

मुख्य समाचार

कतार भ्रमण सकेर राजेन्द्र लिङदेन स्वदेश फर्किए



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किएका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारको निमन्त्रणामा उनी केही दिन अघि कतार गएका थिए । 

कतारको दोहामा भएको विविध कार्यक्रममा सहभागी भइ आज बिहान स्वदेश फर्किएको प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार अध्यक्ष लिङ्देनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, कोषाध्यक्ष निलकण्ठ काफ्ले लगायतका नेताहरुले स्वागत गरेका थिए ।  सो भ्रमण दलमा रहेका केन्द्रीय सदस्य, प्रवास विभाग प्रमुख आनन्द अधिकारी पनि सँगै स्वदेश फर्किएका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ११ : २४ बजे