Logo

Breaking News 1

यो वर्ष औसत समयभन्दा ढिलो मनसुन बाहिरिने पूर्वानुमान



काठमाडौं । नेपालमा यो वर्ष औसत समयभन्दा ढिलो मनसुन बाहिरिने भएको छ । मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भए पनि यो वर्ष केही ढिलो हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आगामी तीन(चार दिनसम्म देशका धेरै स्थानमा बदली भई वर्षाको सम्भावना रहेकाले मनसुन ढिलो गरी बाहिरिने महाशाखाको जनाएको छ । महाशाखाले शुक्रबार साँझ विशेष बुलेटिन जारी गर्दै कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुने प्रक्षेपण गर्दै यात्रा गर्दा सतर्कता अपनाउन भनेको छ ।

विभागले भनेको छ( ‘नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना देखिन्छ र हाल बंगालको खाडीको उत्तर–पश्चिम भागमा विकास भैरहेको न्यूनचापीय क्षेत्र उत्तर–पश्चिम दिशातर्फ सर्ने सम्भावना देखिएकाले आगामी तीनरचार दिनसम्म देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।’

पहाडी भू–भागमा पहिरोको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह केही बढ्न सक्ने सम्भावना रहेको छ । विभागका अनुसार दैनिक जनजीवन तथा सडक, हवाई यातायातसमेत केही प्रभावित हुनसक्ने सम्भावना भएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ६ : ४३ बजे