काठमाडौं । नेकपा एमाले वागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।
प्रदेश अधिवेशनमा १ हजार १ सय ३५ मत खसेको छ । बागमती प्रदेश अधिवशेनमा ११ सय ६७ जना प्रतिनिधि रहेका थिए । दिउँसो १ बजेर ३० मिनेटबाट सुरु भएको मतदान ८ घण्टा चलेको थियो ।
पहिलो वाग्मती प्रदेश अधिवेशनमा अध्यक्षका लागि केन्द्रीय सदस्यहरु कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल प्रतिस्पर्धामा रहेका छन् । विद्युतीय भोटिङ मेसिनको प्रयोगबाट गरिएको मतदानमा परिणाम भने केही घण्टाभित्र आउने बताइएको छ ।
प्रतिक्रिया