Logo

मुख्य समाचार

पाकिस्तानमा आत्मघाती आक्रमण : ५० जनाको मृत्यु, दर्जनौँ घाइते


१२ आश्विन २०८०, शुक्रबार  

69
Shares

कराँची । पाकिस्तानको मस्तुङमा भएको विस्फोटमा कम्तीमा ५० जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पाकिस्तानमा आत्मघाती आक्रमणमा परी कम्तीमा ५० जनाको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।

बलुचिस्तानको दक्षिणपश्चिमी प्रान्तको एक मस्जिद नजिकै शुक्रबार पैगम्बर मुहम्मदको जन्मोत्सव मनाउन जम्मा भएका मानिसहरूको भिडमा विस्फोट भएको हो । विस्फोटपछि बलुचिस्तानका अधिकारीहरूले संकटकाल घोषणा गरेका छन्। आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन ।

बलुचिस्तान सहर मस्तुङको घटनास्थलको फुटेजमा आपतकालीन उद्धारकर्ता र स्थानीयले घाइतेहरूलाई उद्धार गरिरहेको देखाइएको छ। बलुचिस्तानका प्रहरी प्रमुख अब्दुल खालिक शेखले विस्फोट आत्मघाती विस्फोट भएको पुष्टि गरेका छन् । उनले आक्रमणकारीलाई रोक्न खोज्दा एक वरिष्ठ प्रहरी अधिकारीको मृत्यु भएको बताए ।

यसैबीच, खैबर पख्तुनख्वा प्रान्तको पेशावर शहर नजिकैको मस्जिदमा छुट्टै विस्फोट भएको छ । पेशावर नजिकैको हांगुमा रहेको मस्जिदमा मृत्यु हुनेको संख्या नखुले पनि मानिसहरु भग्नावशेषमा फसेको प्रहरीले जनाएको छ ।हांगुको मस्जिद ४० देखि ५० जनासम्मको क्षमता भएको प्रहरीले जनाएको छ । 

पाकिस्तानका आन्तरिक मन्त्री सरफराज बुग्तीले बलुचिस्तान र हांगुमा भएको आक्रमणलाई आतंकवादी हमला भन्दै निन्दा गरेका छन् । अफगानिस्तान र इरानसँग सीमा जोडिएको बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त हो । यहाँ बारम्बार तेहरिक–ए तालिबान पाकिस्तान वा पाकिस्तानी तालिबान र इस्लामिक स्टेट समूह लगायत सशस्त्र लडाकूहरूले आक्रमण गरेको छ ।

यद्यपि टीटीपीले शुक्रबारको विष्फोटमा संलग्नता अस्वीकार गरेको छ र एक विज्ञप्तिमा यस्तो आक्रमण आफ्नो नीतिको विरुद्ध भएको बताएको छ ।यस महिनाको सुरुमा सोही जिल्लामा एक प्रमुख मुस्लिम नेतासहित कम्तीमा ११ जना घाइते भएका थिए ।

जुलाईमा, उत्तर–पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा धार्मिक राजनीतिक दलको भेलामा आत्मघाती बम विष्फोटमा ४० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ५ : ५० बजे