Logo

Breaking News 1

वैदेशिक रोजगारलाई अवसरको रुपमा प्रयोग गर्नुपर्छ: श्रम मन्त्री भण्डारी


१२ आश्विन २०८०, शुक्रबार  

69
Shares

महोत्तरी। श्रम तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारलाई अवसरको रुपमा लिनुपर्ने बताएका छन ।

सुरक्षित आप्रवासन कार्यक्रम (सामिले) आयोजना गरेको कार्यक्रममा सहभागी हुन महोत्तरी पुगेका मन्त्री भण्डारीले बैदेशिक रोजगारलाई नै ब्यवस्थित बनाउनुको विकल्प नरहेको बताएका हुन ।

विदेश जानुपर्ने बाध्यात्मक अवस्थालाई अवसरको रुपमा प्रयोग गरे नेपालले सीप र अनुभवलाई भित्र्याएर समृद्ध बनाउन सकिने धारणा ब्यक्त गरेका छन् । बैदेशिक रोजगारलाई व्यवस्थित बनाउन श्रम मन्त्रालयवाट ऐतिहासिक कामहरु गरेको बताउदै मन्त्री भण्डारीले बिचौलियावाट मुक्त बनाउने देखि रोजगार गन्तव्य मुलुकसँग नयाँ सम्झौताको लागि समेत प्रक्रिया अगाडि बढाएको बताए । खाडी तथा अन्य मुलुकहरुमा जानेको संख्या मधेश प्रदेशका जिल्लाहरुवाट उच्च रहेको र यस्लाई सुरक्षित बनाउन अर्को चुनौती रहेको मन्त्री भण्डारीको भनाई छ ।

कार्यक्रममा आप्रवासी हकहित संजाल मधेश प्रदेशले बिभिन्न १७ वटा बुदाँ सहितको माग राखेर ज्ञापनपत्र समेत बुझाएको छ । ज्ञापनपत्रमा उल्लेख भएका सवै बुद्दाहरुमा कामहरु भएको बताउदै मन्त्री भण्डारीले निकट दिनमा नै त्यस्ले कार्यान्वयनको रुप लिनेमा आश्वस्त बनाए ।

ज्ञापनपत्रमा विमा कम्पनीले मृतक परिवारलाई जवर्जस्ती पुन: बिमा गराउने, वैदेशिक रोजगार बोर्डवाट प्रदान गरिने उपचार खर्च छिटो, छरितो बनाउनु पर्ने, बैदेशिक रोजगारमा जानेहरुलाई अनिवार्य सिप, तालिमको ब्यबस्था गरिनुपर्ने जस्ता माग राखिएको छ ।

मन्त्री भण्डारीले २०७२ मा घोषणा गरेको फ्री भिषा, फ्री टिकट सस्तो लोकप्रियताको लागि गरिएको बताउदै त्यो व्यवहारत: नभएको जिकिर गरे । रोजगार गन्तव्य मुलुकहरु मध्ये केही कम्पनीमा यस्तो भएतापनी १० हजार लागतको नाममा मेनपावर व्यवसायीहरुले राज्यलाई नै ठगिरहेको जनाएका छन् ।

कागजमा १० हजार तर कामदारसगँ लाखौ रुपैया लिने अनि राज्यलाई कर नतिर्ने विषयमा हामी नया ढंगले काम गरिरहेका छौ,´मन्त्री भण्डारीले भने,अब बिचौलियावाट मुक्त बनाउन मेनपावर व्यवसायी स्थानिय तहको रोजगार शाखामा जोडिने प्रक्रिया पनि अगाडि बढेको छ ।´

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ११ : ४४ बजे