Logo

Breaking News 1

राहत शिक्षकहरुको प्रदर्शन आज पनि जारी


११ आश्विन २०८०, बिहिबार  

69
Shares

काठमाडौं। राहत शिक्षकहरुले काठमाडौंमा आज पनि प्रदर्शन जारी राखेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरुले माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन् ।

सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरुको माग संवोधन नगरेको भन्दै राहत शिक्षकहरुले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् । राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

माइतीघर नयाँबानेश्वर सडकखण्डमा शिक्षकहरुले प्रदर्शन गर्दा केहीबेर सवारी आवागमन समेत प्रभावित हुने गरेको छ ।

 

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  १२ : ५७ बजे