Logo

मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड आज कैलाश पर्वत दर्शन गर्न जाँदै


११ आश्विन २०८०, बिहिबार  

92
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत दर्शन गर्नका लागि मानसरोवर जाँदैछन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री हिजो बुधवार तिब्बतको ल्हासा पुगेका थिए । अब ल्हासाबाट उनी मानसरोबर जाने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्ने र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

भगवान् शिवका वासस्थान मानिने कैलाश पर्वतको दर्शन र प्रसिद्द धार्मिक स्थल मानसरोवरको भ्रमणका लागि उनको साथमा परराष्ट मन्त्री एनपी साउँदसहित भ्रमण दलमा रहेका सदस्यहरू रहने छन् ।

प्रधानमन्त्री दाहाल गत शनिवारदेखि चीनको औपचारिक भ्रमणमा छन् । उनी राष्ट्र संघीय सभालाइ सम्बोधन गरेर चीनको भ्रमणमा निस्केका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ९ : २५ बजे