Logo

अर्थ

आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा : सेयर बजार, बैंक–वित्तीय संस्था बन्द हुने


११ आश्विन २०८०, बिहिबार  

0
Shares

काठमाडौं । आज बिहीबार सेयर बजार बन्द हुने भएको छ । बिहीबार (असोज ११ गते) इन्द्र जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । तसर्थ, आज काठमाडौं उपत्यकाको सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

अब सेयर बजार आइतबार बिहान ११ बजे मात्रै खुल्नेछ । बुधबार नेप्से सूचक १८.६० अंकले घटेर २००४.३० बिन्दुमा अडिएको छ । जसमा १ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ८ : ४१ बजे