Logo

मुख्य समाचार

चीन भ्रमण अपेक्षाभन्दा बढि सफल भएको प्रधानमन्त्री दाहालको दाबी



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन भ्रमण आशा गरेभन्दा पनि धेरै सफल भएको दाबी गरेका छन् ।

तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूले लगातार भारत, अमेरिका र चीनको भ्रमण गरिरहँदा चीनको भ्रमण के कस्तो हुन्छ भनेर अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेका बेला भ्रमण सफलताका साथ सम्पन्न भएको र आशा गरेभन्दा राम्रो भएको दाबी गरेका हुन् ।

राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्रीसँग सौहार्दपूर्ण छलफल भएको र नेपालको हितमा विभिन्न समझदारीहरू गर्नुले चीनले नेपाललाई विशेष महत्वका साथ हेरेको पुष्टि भएको उनको दाबी छ ।

भ्रमणका क्रममा नेपाल र चीनबीचका विगतमा बन्द भएका सबै नाका संचालन गर्ने, परम्परादेखि पासका रुपमा चल्दै आएका साना साना नाकाहरू पनि सबै संचालन गर्ने सहमति भएको प्रधानमन्त्रीले जानकारी दिए ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ८ : २५ बजे