Logo

Breaking News 1

एमाले वाग्मती अधिवेशन : आज मनोनयन, भोलि निर्वाचन



काठमाडौं । नेकपा (एमाले)को वाग्मती प्रदेशको जारी अधिवेशनमा आज मनोनयन दर्ता हुँदै छ । निर्वाचनका लागि बिहान ८ बजे मतदाता नामावली प्रकाशन गरिने भएको छ । अन्तिम नामावली ९ बजे प्रकाशित हुने छ । बिहान ९ बजेदेनि ११ बजेसम्म उमेदवारी दर्ता हुनेछ ।

अपराह्न ४ बजे उमेवारको नामावली प्रकाशन हुनेछ । ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ ।

बिहीबार (भोलि) बिहान ११ बजे मतदान हुने तय भएको स्थायी कमिटी सदस्य तथा निर्वाचन मण्डलका सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।

जारी अधिवेशनमा प्रस्तुत गरिएको राजनीतिक तथा सांगठनिक प्रतिवेदन सुझावसहित पारित भइसकेको छ । समूह विभाजन गरेर गरिएको छलफलपछि प्रतिवदेनबारे समूहका नेताहरूले धारणा राखेका थिए ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ६ : ०१ बजे